बझाङ, २९ श्रावण । बझाङ जिल्लामा लामो समय देखि अन्तर्राष्ट्रिय संस्था युएनएफपिएका बझाङ संयोजकको रूपमा काम गर्ने धनबहादुर लम्साल र सोहि अन्तरगत काम गर्ने जिल्ला अस्पताल ओएमसिमा कार्यरत शान्तबहादुर खड्काले अनलाइन ठगिमा काम गर्दै आएको समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन बझाङको ध्यानाकर्षण भएको छ । प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले ठगिको आरोप लागेका युएनएफपिएका लम्साल र समाचार लेख्ने पत्रकारहरूसंग यस बिषयमा बुझ्बिस्तार गरिएको छ । अनलाईन संगठित ठगि कार्यमा संलग्न रहेका लम्सालले अवर्जन ट्रेडिङ्ग प्रा.लि काठमाडौ महानगरपालिका २६ ठमेल नामको दर्ता भएको कम्पनीको फायलहरू लिएर सिडियो कार्यालय लम्साल पुगेका थिए ।
पत्रकारहरूलाई बझाङका केही मान्छेहरूले लम्साल र खड्का मार्फत उक्त कम्पनीलाई ६ लाख दिएको गुनासो आएपछि पीडित पक्षको आधारमा विभिन्न संचारमाध्यम्मा अनलाईन ठगि घटना सार्वजनिक भएको थियो ।
लम्सालले प्रमुख जिल्ला अधिकारी समक्ष आफुले गल्ती गरेको महशुस गर्दै पीडितको पैसा तत्कालै कम्पनीलाई भनेर फिर्ता गर्ने बताएका छन् ।
कम्पनीलाई पैसा दिएर कम्पनीले सामान दिने कुरामा ूमैले पनि कम्पनी लाई पैसा दिएको थिए । अरू साथीहरूलाई पनि उक्त नेटवर्कमा जोडिन पहल गरेको लम्सालले बताए । दुबै पक्षसंगको छलफलमा प्रमुख जिल्ला अधिकारीले यस्तो नेटवर्किङ अनलाइन व्यापार संगठित अपराध भएको बताउदै । पीडित ब्यक्तिले लिखित उजुरी दिएमा लम्साल लगायत यस संग जोडिएकालाई कानुन अनुसारको कार्वाही गरिने बताउनु भएको छ ।
अनलाइन व्यापारमा कम्पनीका मान्छेहरूले दुईघण्टा जुम मिटिङ्ग गरेर अनलाइन व्यापार गर्नु पर्ने र छोटो समयमै करोडपति हुन्छ,भनेर छ लाख आबद्ध शुल्क भनी उठाउने गरेका छन् । यस्तो भुमिगत अनलाइन ब्यापारमा बझाङका करिव २०र२५ जना जोडिएर करिव एक करोड बराबर रकम संकलन भएको बुझिएको छ । अनलाइन ठगिमा परेका पीडितहरूले अनलाइन व्यापारमा राम्रो कमाई हुन्छ भनेर आईएनजिओमा काम गर्ने धन बहादुर लम्साल र शान्त बहादुर खड्काले भनेपछि आफुलाई विश्वास लागेर पैसा दिएको तर अहिले बुझ्दा अनलाइन ठगि कार्य रहेको बुझियो । पैसा दिएका पीडितहरूलाई अहिले कम्पनी बाट एकडेढलाखको सामान दिएर बाकी पैसा नदिने भनिएपछि यो कम्पनी र यससंग जोडिएका धनबहादुर लम्साल र शान्त बहादुर खड्का अनलाइन ठगिको मुख्य एजेन्ट रहेको कुरा खुलासा भएको छ । यस बिषयमा युएनएफपिएको केन्द्रीय कार्यालयसंग बुझबिस्तार गर्दा आफुहरूले लम्साल संग यथार्थ बुझ्विस्तार गरि यो नेटवर्किङ ब्यापारमा संलग्न भएको देखिए आवश्यक कार्वाही गर्ने बताएको छ ।
च्बmभकज
