काठमाडाैं,१० चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामि स्थानीय तहकाे निर्वाचन निष्पक्ष, स्वतन्तत्र र भयरहित वातावरणमा सम्पन्न गर्न लागिपरेकाे बताएका छन् । बिहिबार स्याङ्जाको चापाकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले आगामी निर्वाचन निष्पक्ष, स्वतन्तत्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार लागेकाे र त्सयसमा बैको सहयोग आवश्यक रहेको बताएका हुन् ।
‘सबैको साथ र सहयोगमा आसन्न निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्ने छ, त्यसका लागि सबै क्षेत्रका सहयाेग आवश्यक पर्न जान्छ ।’ चुनाव वैशाख ३० मै सम्पन्न हुने भन्दै देउवाले सरकार पूर्ण तयारीमा लागेको बताए ।
स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्नेमा समेत जोड दिए । प्रधानमन्त्री देउवाले भने ‘स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ।’ स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नुपर्ने उनकाे भनाइ छ ।
स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाइ जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्नेमा देउवाले जाेड दिए । स्थानीय तहकाे चुानावकाे तयारी तिब्ररूपमा भैरहेकाले पार्टीकाे बैठक बसेर उम्मेदवारहरू के कसरी ढुंग्याउने भन्ने मापदण्ड बनाइने देउवाले बताए ।
’
