हिन्दू नारीहरुको प्रमुख पर्व तिजको अवसरमा आज पशुपति गएर दर्शन गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ ।
यस पर्वमा महिलाहरुले निराहार व्रत बसी पारिवारिक सुख र श्रीमानको दीर्घायूको कामना गर्ने गर्दछन् ।
पशुपतिमा गएर महिलाहरुले दर्शन गर्नुका साथै नाचगान गरी रमाइलो गरेका छन् ।













