• ट्रेण्डिङ्ग :
कर्णाली राजमार्गको कालेखोला सडक अवरुद्ध

कर्णाली राजमार्गको कालेखोला सडक अवरुद्ध


  • 2.0K
    SHARES
    • भाद्र ११, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 3.1K Views

    कर्णाली राजमार्गको कालेखोला सडक अवरुद्ध

    सिँजा (जुम्ला), भदौ ११ गते । अविरल वर्षाका कारण कर्णाली राजमार्गको जुम्ला–कालिकोट सडक खण्डअन्तर्गत कालिकोट खाँडाचक्र नगरपालिका–२ कालेखोलास्थित सडक भत्किएको छ ।

    images

    मङ्गलबार राति आएको अविरल वर्षाका कारण १० मिटर सडक भत्किदा राजमार्ग अवरुद्ध भएको छ । पिच र छेउको सडक भत्किएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताउनुभयो । साना गाडीहरु आवत जावत भए पनि ठुला सवारी साधनहरु रोकिएका छन् ।

    भत्किएको सडकको अवस्था बुझन कर्मचारी पठाइएको चौधरीले बताउनुभयो । उहाँले भत्किएको सडकमा पर्खाल उठाउनु पर्ने वा रक फुटाउनु पर्ने अवस्था रहेको बताउनुभयो । भत्किएको सडक हेरेपछि मात्रै मर्मत कसरी गर्न सकिन्छ भन्ने हो । स्काभेटरहरु तयारी अवस्थामा रहेका छन् ।

    तर पर्खाल उठाउनु पर्ने र रक फुटाउनु पर्ने अवस्था भएमा स्काभेटरबाट काम नहुन सक्छ । पटक पटक कर्णाली राजमार्गमा आउने पहिराले नागरिकलाई सास्ती भएको छ । बर्खाको सिजनमा कर्णाली राजमार्गमा आउने पहिरोलो नागरिकलाई दुःख दिइ रहेको छ ।

     
     
     
     


    तेस्रो आँखा