• ट्रेण्डिङ्ग :
एक हप्तामा २६० जना डेङ्गु सङक्रमित  थपिए

एक हप्तामा २६० जना डेङ्गु सङक्रमित  थपिए


  • 2.8K
    SHARES
    • भाद्र १८, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 4.2K Views

    एक हप्तामा २६० जना डेङ्गु सङक्रमित  थपिए

    काठमाडौँ, भदौ १८ गते । एक हप्तामा २६० जनामा डेड्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक हप्तामा २६० जनामा डेड्गु पुष्टि भएसँगै डेंगु सङ्क्रमितको संख्या तीन हजार ८११ पुगेको छ । हालसम्म  दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ । 

    images

    महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार हालसम्म ७४ वटा जिल्लाबाट डेड्गु सङ्क्रमण पुष्टि भएको छ ।

    दाहालका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेड्गु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेड्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ।

    गण्डकी प्रदेशमा एक हजार ३८ जनामा डेड्गु पुष्टि भएको छ। त्यसैगरी बागमतीमा ७९६, कोशीमा ६३५, लुम्बिनीमा ६७०, सुदूरपश्चिममा ४४७, कर्णालीमा १४८ र मधेशमा ७७ जनामा डेड्गु पुष्टि भएको छ । 

    चिकित्सकका अनुसार डेड्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ । सरुवा रोग विशेषज्ञ डा।शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेड्गुका प्रमुख लक्षण हुन्।

    त्योबाहेक, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ ।


    तेस्रो आँखा