• ट्रेण्डिङ्ग :
जेन–जी आन्दोलन: दंगीशरणका वली घाइते, दंगीशरण ६ मा शोक बिदा

जेन–जी आन्दोलन: दंगीशरणका वली घाइते, दंगीशरण ६ मा शोक बिदा


  • 5.4K
    SHARES
    • भाद्र २४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 8.3K Views

    जेन–जी आन्दोलन: दंगीशरणका वली घाइते, दंगीशरण ६ मा शोक बिदा

    तुलसीपुर, २४ भदौ । ‘जेन–जी’ले गरेको आन्दोलनका क्रममा गोली लागेर दाङ दंगीशरण गाउँपालिका वडा नं।६ लेटार निवासी हिरासिंह वली घाइते भएका छन् ।

    images

    काठमाडौंमा भएको आन्दोलनका क्रममा उनी घाइते भएका हुन् । सोमबारको घटनामा उनी घाइते भएको वडाध्यक्ष रोशन जंग शाहले बताए । साथै उनले मंगलबार एक विज्ञप्ति जारी गरि घाइते वलीको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    साथै उनले जेन–जीले उठाएका मागहरु सम्बोधन गर्न सरकारसंग माग गरेका छन् । आन्दोलनमा आफ्नो एक्येबद्धता रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

    साथै आन्दोलनका क्रममा मृत्यु भएकाहरु १७ जना विद्यार्थीप्रति श्रद्धान्जली ब्यक्त गर्दै मंगलबार वडा कार्यालय र शैक्षिक संस्था बन्द गरिएको छ ।

     


    तेस्रो आँखा