• ट्रेण्डिङ्ग :
दाङमा कर्फ्यु हट्यो, निषेधाज्ञापछि जनजीवन सामान्य बन्दै

दाङमा कर्फ्यु हट्यो, निषेधाज्ञापछि जनजीवन सामान्य बन्दै


  • 4.1K
    SHARES
    • भाद्र २७, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 6.2K Views

    दाङमा कर्फ्यु हट्यो, निषेधाज्ञापछि जनजीवन सामान्य बन्दै

    दाङ, भदौ २७ गते । जिल्ला प्रशासन कार्यालय दाङले कर्फ्यु हटाएपछि जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । यद्यपि, प्रशासनले शुक्रबार बिहान ५ देखि दिउँसो १ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

    images

    कफ्र्यु हटेपछि अवस्था सामान्य हुँदा नागरिकहरू अतिआवश्यक कामका लागि बाहिर  निस्किन थालेका छन् । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जनजीवन सामान्य बन्दै गएकाले कफ्र्यु हटाएको जानकारी दिनुभयो । यद्यपि, हुलदङ्गा अशान्ति हुने सम्भाना अझै पनि हुन सक्ने भएकाले बिहान ५ देखि दिउँसो १ बजेसम्म निषेधाज्ञा जारी भएको बताउनुभयो ।

    उहाँले पाँच जनाभन्दा बढि भेला हुन नपाउने, नारा जुलुस गर्न नपाउने जानकारी दिनुभयो । यस अघि जिल्लाको घोराही, तुलसीपुर, लमही र राप्तीमा कर्फ्यु आदेश जारी गरिएको थियो । अहिले पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोलीहरूले सरकारी कार्यालयदेखि बजार क्षेत्रसम्म संयुक्त गस्ती गरिरहेका छन् ।

     


    तेस्रो आँखा