• ट्रेण्डिङ्ग :
ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भिर घाईते

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भिर घाईते


  • 8.3K
    SHARES
    • चैत्र ११, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भिर घाईते

    रोल्पा, ११ चैत । रोल्पाको सुनिलस्मृति गाउँपालिका–३ लोबाङमा बिहीबार राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् । 

    images

    मृत्यु हुनेमा ट्रयाक्टरका परिचालक सुनिलस्मृति गाउँपालिका–५ काप्राका २० वर्षीय खुमे थापा रहेका छन् । 

    उनको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी सिटी अस्पतालमा  मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका चालक सुनिलस्मृति गाउँपालिका–३ मिझिङका २४ वर्षीय यमराज विष्टको  स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भईरहेको छ । 

    गएराति साढे २ बजे विष्टले चलाएको लु ३ त ९९६० नम्बरको ट्रयाक्टर सडकबाट अन्दाजी ६० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाले जानकारी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप