काठमाडौं, असोज १५ गते । काठमाडौंको हनुमानढोका दरवार क्षेत्रस्थित तलेजु मन्दिरमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ । दसैं सुरु भएपछि आज महानवमीको दिन तलेजु मन्दिरमा भक्तजनहरुले पूजापाठ गरेका छन् । विहानदेखि मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । यस मन्दिरमा पूजापाठ गर्नाले मागेको आशीर्वाद प्राप्त हुने भक्तजनको विश्वास रहेको छ ।














