• ट्रेण्डिङ्ग :
मनकारी वडाअध्यक्ष : ५ वर्ष कार्यकालको सम्पूर्ण सेवा सुविधा विद्यालयलाई

मनकारी वडाअध्यक्ष : ५ वर्ष कार्यकालको सम्पूर्ण सेवा सुविधा विद्यालयलाई


  • 34.1K
    SHARES
    • चैत्र ११, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 52.5K Views

    मनकारी वडाअध्यक्ष : ५ वर्ष कार्यकालको सम्पूर्ण सेवा सुविधा विद्यालयलाई


    सुर्खेत, ११ चैत्र । कानून बनाएर सेवासुविधा बढाएको भन्दै धेरै जनप्रतिनिधिको आलोचन भइरहेको बेला वीरेन्द्रनगर वडा नं. ३ का वडाअध्यक्ष भुपेन्द्र खत्रीले भने कार्यकालभरीको कुनै पनि सेवा सुविधा लिएका छैनन्। 

    images

    उनी वडा अध्यक्षमा निर्वाचित भएपछि अहिलेसम्मको सबै सेवा सुविधा बापतको रकम आफ्नो वडाका दुईवटा विद्यालयलाई दिएका छन्। ६५ प्रतिशत र ३५ प्रतिशत गरी दुई वडालाई आफ्नो १०० प्रतिशत सेवा सुविधा दिएका हुन्। 

    जसमध्ये हरि डिल भूमिका माध्यमिक बिद्यालयमा ६५ प्रतिशत र जगनाथ अधारभुत विद्यालयमा ३५ प्रतिशत गरी सम्पुर्ण सेवा सुविधा बापत पाउने रकम दिने भएका छन्।

    व्यक्तिको विकास, वडाको विकासका लागि शिक्षा पहिलो पूर्वाधार भएको खत्रीको भनाइ छ। उनले आफ्नो वडामा कोही विद्यार्थी गरिबीका कारण पढ्नबाट बञ्चित हुन नपरोस र कोही अपाङ्गता भएकै कारण अपहेलनामा पर्न नपरोस भन्नका लागि आफ्नो सम्पूर्ण सेवा सुविधा बापत प्राप्त गरेको रक विद्यालयलाई दिएका हुन्। 

    संघीयतापछि स्थानीय तहले पहिलो कार्याकाल पुरा गर्दै छन्। सरकारले आउने बैशाख ३० गतेका लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ। पहिलो स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा कति आलोचित बने भने कतिले प्रशंशा पाएका छन्। 

    सुन्दा पनि सत्य नलाग्ने कार्य गर्ने वडाअध्यक्ष खत्रीको २०४१ सालमा वीरेन्द्र नगरकै वडा नं. ३ मा जन्म भयो। बिट्रिस लाहुरेका छोरा खत्रीले उच्च शिक्षासम्मको अध्ययन वीरेन्द्रनगरमै गरेका हुन्। दुई आमाको चार जना दाजुभाइ र चार जना दिदी बहिनीसहितको परिवारमा हुर्किए खत्री । 

    २०६२÷६३ सालको आन्दोलनबाट नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका खत्री जिल्लाको पार्टी सदस्य हुँदै १२ औँ महाधिवेशनमा जिल्लाको सहसचिव भए, त्यसपछि १३औँ महाधिवेशनका बेला जिल्लाको सचिव भए। वीरेन्द्रनगरलाई बच्चैबाट नियाले खत्रीसँग नगरको हरेक चोक चोक परिचित छ। खत्री पनि नगरसँग परिचित छन्। 

    जनप्रतिनिधिको जिम्मेवारी पाएपछि खत्रीले वीरेन्द्रनगरको वडा नं. ३ को बस्तिलाई व्यवस्थित गरेका छन्। योजनावद्ध तरिकाले अहिले कम्तिमा ८ मिटरको बाटो छोडेरमात्र घर बनाउने प्रचलन बढेको छ। अब आउने निर्वाचनमा पार्टीले विश्वास गरे नगरप्रमुख भएर संघीय राजधानीसमेत रहेको वीरेन्द्रनगरलाई अझै व्यवस्थित र विकसित बनाउने योजनामा छन् उनी। 

    शून्य भ्रष्ट्राचारबाट मात्र सुशासन हुने भन्दै खत्रीले वडा नं. ३ लाई भ्रष्टाचार मुक्त वडा बनाएका छन्। आर्थिक रुपमा सबल नभएसम्म समाजका लागि केही गर्न नसकिने भन्दै खत्री गरिवका लागि शिप विकास गरेर आयआर्जनमा ल्याउनु पर्ने बताउँछन्। उनले वडाको अध्यक्ष हुँदा पनि महिला दिदीबहिनीलाई शिपमुलक तालिम दिएको र त्यसबाट उनीहरु आत्मनिर्भर भइरहेको बताउँछन्। 

    समग्र कर्णालीको रुपरेखा फेर्नका लागि राजधानी रहेको शहर वीरेन्द्रनगरमा आर्थिक स्थिति वृद्धि गर्ने, कृषि र औधोगिक क्षेत्रलाई बढाउँदै लैजाने र  नगरपालिकालाई पनि आर्थिक रुपमा समृद्ध गराउने सोचका साथ खत्रीले काम गरिरहेका छन्। जनतासँग प्रत्यक्ष सरोकार राख्ने तल्लो तह वडा हो। वडाको जनप्रतिनिधि हुँदा नागरिकको समस्यालाई नजिकबाट हेरेको र अब त्यस अनुरुप काम गर्ने खत्रीको भनाइ छ। 

    खत्री कुनै पनि सरकारले जनतालाई करको भारी बोकाएर मात्र समृद्ध नहुने बताउँछन्। जनताबाट उठेको करमा निर्भर हुनुभन्दा पहिला नगरपालिकालाई कसरी आर्थिक रुपमा समृद्ध बनाउँन सकिन्छ भन्ने बारे सोच्नु पर्ने उनको भनाइ छ। उनी नगरपालिका भित्रका युवाहरुलाई सिप सिकाए रोजगारीमा लगाउने, महिलादिदीबहीनीलाई पनि रोजगारी दिनु पर्ने बताउँछन्। जब नगरभित्र बस्ने व्यक्ति समृद्ध हुन्छ, जब हरेक व्यक्तिको क्रयशक्ति वृद्धि हुन्छ, तब मात्र सरकार आर्थिकरुप्मा सम्पन्न हुन्छ भन्ने खत्रीको विश्वास छ। 

    उनी वीरेन्द्रनगरलाई संस्थागत कृषि विकासको कार्यक्रम ल्याएर, उत्पादनलाई अन्तर प्रदेश र अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्षका साथ अघि बढेका छन्। शिक्षामा गरिएको लगानीले व्यक्ति र देशलाई नै फाइदा पु¥याउने भन्दै खत्रीले वडा अध्यक्ष हुँदाको सम्पूर्ण सेवासुविधा विद्यालयलाई दिएका हुन्। उनी नगरको नेतृत्वमा गएपछि शिक्षामा वीरेन्द्रनगरले शिक्षामा निकै ठूलो फड्को मार्ने विश्वास दिलाउन चाहान्छन्। 

    वडाअध्यक्ष खत्रीले पूर्वाधार तर्फ पनि वडा न. ३ को रुपरेखा फेरेका छन्। उनले भने, ‘प्रदेश सरकारको मन्त्रालयमा गएर धेरै ठाउँमा योजनाहरु पारिएको छ। जनतालाई बुझ्ने निकाय भएका कारण पनि होला जनताको पक्षमा काम कसरी गर्नु पर्छ र कसरी गर्ने भन्ने विषयमा धेरै सिकाएको छ।’

    खत्रीले वडामा सडक ग्राविल गर्ने, शहरी स्वास्थ्य भवन निर्माण गर्ने, दीर्घरोगीलाई निशुल्क औषधि वितरण गर्ने, वडा कार्यालयको भवन बनाउने, शान्ति सुरक्षाको सन्दर्भमा वडाबाट बाइक किनेर प्रहरीलाई दिई महिनामा ३० लिटर पेट्रोल, एउटा मोबाइल सेट, टोल फ्रि नम्बर र महिनामा तीन सयको रिचार्जकार्ड समेत उपलब्ध गराएको खत्रीले बताए। 

     

  • सम्बन्धित विषय:

  • # सुर्खेत
  • # भुपेन्द्र खत्री

  • बिष्णु सापकाेटा
    लेखकबाट थप