• ट्रेण्डिङ्ग :
धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै "कुमाख मन्दिर"

धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै "कुमाख मन्दिर"


  • 12.9K
    SHARES
    • आश्विन २१, २०८२ मंगलबार
    • ११ महिना अघि
    • 19.9K Views

    धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै "कुमाख मन्दिर"

    सल्यान, २१ असाेज । नेपालकाे पश्चिम क्षेत्र अन्तर्गत पर्ने सल्यान जिल्लाकाे प्रसिद्ध कुमाख मन्दिर धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो  समयमा मन्दिरकाे दर्शन गर्न आउने भक्तजन तथा मनाेरम दृश्यहरुकाे अवलोकन गर्न आउने पर्यटकहरुकाे प्रमुख राेजाईमा कुमाख मन्दिर परेको हाे ।

    images

    यहाँकाे उच्च भुभाग, समथल जमिन, मनाेरम हिम शृङ्खला, डाँडाकाडाँ तथा बुकि फुलहरुकाे बासनाले याे पर्यटकहरुकाे राेजाईमा परेको छ । साथै कुमाख मन्दिरमा मनले चिताएकाे कुरा पूरा हुने जनविश्वास भएको हुनाले याे स्थान धार्मिक रुपमा पनि निकै अब्बल मानिन्छ । धार्मिक तथा पर्यटनको रुपमा विकास हुदै गएको कुमाख मन्दिरको आफ्नै महत्त्व रहेको छ ।Messenger_creation_FA6FB0FF-1827-4B4D-9DC8-ED2AB1E38F50.jpeg

    प्रसिद्ध कुमाख मन्दिर समुन्द्र सतह देखि करिब २५३७ मिटर उचाइमा अव्यवस्थित छ । सिद्ध कुमाख गाउँपालिका र कुमाख गाउपालिकाको बीच भागमा चटानै चटानमा सिद्ध कुमाख मन्दिर अडिड रहेको हाे ।
    दुई स्थानीय तहहरुकाे बिचमा बिशाल झै अडिड रहेको सिद्ध कुमाख मन्दिर कुमाख गाउँपालिकामा पर्छ । यहाँ मन्दिरकाे दर्शन गर्न हजारौं दश्रालु भक्तजनको आउने गरेको  पाईएकाे छ । यस मन्दिरमा आउने भक्तजनहरु दशमीको दिनदेखि पूर्णिमाको दिनसम्म दर्शन गर्न आउने मुख्य समय हाे । साथै यसै समयमा धेरै जस्ताे भक्तजनहरु दर्शन गर्न आउने गरेकाे पाईन्छ  ।Messenger_creation_14081E07-BD0D-430A-B205-105156CD29EB.jpeg

    सिद्ध कुमाख मन्दिर अवस्थित रहेको स्थानकाे उचाइ धेरै भएकाले यहाँबाट समतल भुभाग एवम् उच्च स्थानका डाडाकाडा तथा सुर्य अवलाेकन गर्न  पर्यटकहरु आउने गरेका छन । प्राःय बसन्त ऋतुमा धेरै पर्यटकहरु यहाँ अवलोकन गर्न आएकाे पाईन्छ ।
    धेरै जस्ताे पर्यटकहरु दृश्य अवलाेकन गर्न आउने गरेको वडाध्यक्ष डम्बरबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार बिहानीकाे समयमा सुर्याेदयकाे दृश्य अवलोकन गर्ने व्यक्तिहरु आउने गरेका छन । साथै मन्दिरकाे दर्शन गर्न अन्य समयमा पनि भक्तजनहरु आउने गरेको उहाँको भनाइ छ ।

    पर्यटकिय घुम्घाम तथा दृश्य अवलोकनको लागि कुमाख मन्दिरमा निकै सम्भावना बोकेको धार्मिक स्थान हो । प्रत्येक बर्षको बिजया दशमिको चर्तुदशि र गोजाग्रत पुर्णिमाको दिन मन्दिरदेखि करिब १ किलोमिटर तल सिद्ध कुमाख र कुमाख गाउपालिकाको सिमा क्षेत्रमा पर्ने समतल भुभागमा सल्यान जिल्लाकै ठुला मेला लाग्ने गर्दछ । जुन मेलामा लोप हुँदै गएका सोरटी, श्र्यङगे, टप्पा जस्ता परम्परागत देखि चलिआएका नाच नाचिन्छ ।Messenger_creation_5F7EE8F7-FD60-4F4B-8C15-F15BDE9EA711.jpeg

    कुमाख गाउँपालिका-७ ओखरबाेटसम्म सवारीसाधनमा र त्यसपछि करिब डेढ घण्टासम्म पदयात्रा गरेपछि कुमाख मन्दिर पुगिन्छ । कुमाख मन्दिरसम्म पुग्नकाे लागि करिब ३ किलोमिटरसम्म पदयात्रा निर्माण भएको छ । कुमाख गाउँपालिकाले यसलाई पर्यटकीय गन्तव्य बनाउनका लागि बिबिध याेजनाहरु निर्माण तथा कार्यान्वयन गरेको पाईन्छ।

    कुमाख मन्दिरकाे क्षेत्रमा पुगेपछि देखिन प्राकृतिक सुन्दरता, बाटाेमा फुलेका लालिगुराँस, हरियाली, बुकि फुल, मनाेरम हिम शृङ्खला  र चिसाे माैसमले पर्यटकहरुलाई थप आकर्षक बनाउँछ । त्यसैले यसलाई प्रभावकारी रुपमा विकास गर्नका लागि स्थानीय तह तथा प्रदेश सरकारले महत्त्वपूर्ण भुमिका खेल्नुपर्छ।Messenger_creation_5F7EE8F7-FD60-4F4B-8C15-F15BDE9EA711.jpeg

  • सम्बन्धित विषय:

  • # कुमाख मन्दिर

  • रुपा थापा
    लेखकबाट थप