• ट्रेण्डिङ्ग :
कैलालीमा घाँटी रेटी हत्या, टाउको लिएर प्रहरीमा पुगे हत्यामा संलग्न

कैलालीमा घाँटी रेटी हत्या, टाउको लिएर प्रहरीमा पुगे हत्यामा संलग्न


  • 5.2K
    SHARES
    • आश्विन २५, २०८२ शनिबार
    • ११ महिना अघि
    • 8.0K Views

    कैलालीमा घाँटी रेटी हत्या, टाउको लिएर प्रहरीमा पुगे हत्यामा संलग्न

    कैलाली असोज २५ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ जरैमा गए राती एकजनाको घाँटी रेटी हत्या गरिएको छ । सँगै बसेर मदिरा सेवन गरेका तीन जनामध्ये आपसी विवादका क्रममा दुई जनाले घाँटी रेटी एक जनाको हत्या गरिएको जनाइएको छ ।

    images

    ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले गएराति ११ बजे केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको जानकारी दिनुभयो ।

    उहाँले सोही वडाका १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्रीले हत्या गरी टाउँको लिएर सोही वडाको प्रतिखेतमा रहेको अस्थायी प्रहरी पोष्ट पुगेको जानकारी पाउनासाथ आफू स्वयं घटनास्थल पुगेको बताउनुभयो ।

    उहाँले हत्यामा संलग्न दुवैलाई पक्राउ गरिएको जनाउदै मृतकका बुबा आमा सुर्खेतको चौकुने ४ मा बस्ने भएकाले उनीहरुको पर्खाइमा रहेको बताउनुभयो ।

    प्रहरी नायब उपरीक्षक अवस्थीले सँगै मदिरा सेवन गरी घर फर्कने क्रममा विवाद भई आमालाई गाली दिएपछि कुटपिट गर्दा ढलेपछि नजिकै घर रहेका एकजनाले घरमा रहेको गरसा ल्याई घाँटी रेटी हत्या गरी टाउको लिएर प्रहरीकोमा पुगेको उनीहरुले सुरुमै बयान दिएको बताउनुभयो ।

    अहिले घटनास्थलमै रहनुभएका उहाँले मृतकका बुबाआमा सुर्खेतबाट आउनसाथ आवश्यक प्रकृया अगाडि बढाउने जनाउनुभयो ।


    तेस्रो आँखा