• ट्रेण्डिङ्ग :
प्रदेश सरकारले विपिनको परिवारलाई दुई लाख सहयोग

प्रदेश सरकारले विपिनको परिवारलाई दुई लाख सहयोग


  • 3.8K
    SHARES
    • कार्तिक ४, २०८२ सोमबार
    • १० महिना अघि
    • 5.8K Views

    प्रदेश सरकारले विपिनको परिवारलाई दुई लाख सहयोग

    धनगढी, कात्तिक ३ । हमासले हत्या गरेको कञ्चनपुरका विपिन जोशीको परिवारलाई प्रदेश सरकारले दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने भएको छ। 

    images

    २०८० असोज २३ गते बसेको मन्त्रीपरिषद् बैठकले हमास आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई जनही दुई÷दुई लाख रुपियाँ सहयोग दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार मृतक जोशीको परिवारलाई पनि दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभयो। उहाँले दिवंगत जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नु भएको छ। 

    प्रदेश सरकारले इजरायलमा हमास आक्रमणमा ज्यान गुमाएका सात जनाको परिवारलाई आर्थिक सहयोग गरेको थियो। 

    सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत टीकापुर कृषि क्याम्पसमा अध्ययन गरेर ११ महिनाका लागि इन्टर्न गर्न इजरायल गएका १० जना नेपाली विद्यार्थीको हमासले २०२३ अक्टोबर ७ मा हत्या गरेको थियो। 

    बन्धक बनाएर लगेका विपिनको पनि हमासले हत्या गरेको इजरायलले पुष्टि गरेको छ। विपिनको शव आजै गृह जिल्ला पुर्‍याउँदै छ। 


    तेस्रो आँखा