• ट्रेण्डिङ्ग :
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका (फोटो फिचर)

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका (फोटो फिचर)


  • 6.0K
    SHARES
    • कार्तिक ७, २०८२ बिहीबार
    • १० महिना अघि
    • 9.2K Views

    रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका (फोटो फिचर)

    काठमाडौँ, कात्तिक ६ । काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड रहेको छ । यमपञ्चकको अन्तिम दिन अर्थात् तिहारको मूख्य दिन आज दिदीबहिनी नहुनेका लागि एक दिन सो मन्दिर टीकाका लागि खुला गर्ने गरिएको छ । 

    images

    टीकाको साइत ११ बजेर ३९ मिनेटअघि नै बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेको भिड लागेको छ । दिदीबहिनी एवम् दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गएर पूजा, दर्शन गरी टीका लगाउने गरिन्छ ।

    रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएकाले काम विशेषले काठमाडौंमा बसेका र आफ्नो दिदीवहिनी नभएकाहरुले टीका लगाउन आउने गरेका छन् । यस दिन विदेशी नागरिकले समेत भाइटीका लगाउने गरेका छन् ।

     


    तेस्रो आँखा