• ट्रेण्डिङ्ग :
मृतकको संख्या सात पुग्यो, ६ जनाको पहिचान खुल्यो

मृतकको संख्या सात पुग्यो, ६ जनाको पहिचान खुल्यो


  • 2.9K
    SHARES
    • कार्तिक ९, २०८२ शनिबार
    • १० महिना अघि
    • 4.5K Views

    मृतकको संख्या सात पुग्यो, ६ जनाको पहिचान खुल्यो

    रुकुमपश्चिम, कात्तिक ७ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –७ झारमारेनजिक बुराउसेनीमा शुक्रबार बेलुका जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार मृतक सातमध्ये ६ जनाको पहिचान खुलेको छ । 

    images

    मृत्यु हुनेमा आठबिसकोट नगरपालिका –२ स्याला गाउँकी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिकाकै १६ बर्षीय टेकजंग बुढा, १७ बर्षीया दिलमाया बुढा, १७ बर्षीया मनिका ओली, १८ वर्षीया सर्मिला विक र २२ वर्षीय गोपाल ओली रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार एक जनाको पहिचान खुलेको छैन । 

    दुर्घटनामा १० जना घाइते भएका छन् । चालक टोपजंग बुढासहित ६ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको उद्धार गरेर स्थानीय मेडिकल र जिल्ला अस्पताल सल्ले ल्याइदैगरेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । 

    शुक्रबार बेलुका जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदैगरेको रा १ ज ४२२ नम्बरको जिप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको थियो । 

    क्षमताभन्दा बढी यात्रु बोकेकाले जिप दुर्घटना भएको आँकलन गरिएको छ । जिप सडकबाट सातसय मिटर तल खसेको बताइएको छ । 


    तेस्रो आँखा