• ट्रेण्डिङ्ग :
नेपालले अमेरिकालाई २७२ रनको चुनौती दियो

नेपालले अमेरिकालाई २७२ रनको चुनौती दियो


  • 3.9K
    SHARES
    • कार्तिक १६, २०८२ शनिबार
    • १० महिना अघि
    • 6.1K Views

    नेपालले अमेरिकालाई २७२ रनको चुनौती दियो

    काठमाडौँ, कात्तिक १५ । आइसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपालले अमेरिकालाई २७२ रनको चुनौती दिएको छ । उपकप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले २७१ रन बनाएको हो । नेपालले एक बल बाँकी हुँदा सबै विकेट गुमाएको हो । 

    images

    दुबई एकेडेमीमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालका लागि उपकप्तान सिंहले तीन छक्का र दुई चौकाको मद्दतमा ६७ बलको सामना गर्दै सर्वाधिक ७५ रन बनाउनुभयो । नेपालका लागि करण केसी अर्धशतक बनाउन एक रनले चुक्नुभयो । उहाँले ३१ बलको सामना गर्दा तीन छक्का र दुई चौकको मद्दतमा ४९ रन बनाउनुभएको हो । 

    ओपनर कुशल भुर्तेल ४७, भीम सार्की ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सक्नुभएन । 

    नेपाललाई सस्तैमा रोक्न अमेरिकाकाका लागि हरमित सिंहले तीन विकेट हात पार्दा नोस्थुश केन्जिगे र सौरव नेत्रवल्करले दुईदुई विकेट लिनुभयो । अमेरिकालेले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।   

    नेपालले अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ ।  


    तेस्रो आँखा