• ट्रेण्डिङ्ग :
जनकपुरले काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य दियो

जनकपुरले काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य दियो


  • 3.6K
    SHARES
    • मंसिर २, २०८२ सोमबार
    • १० महिना अघि
    • 5.5K Views

    जनकपुरले काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य दियो

    काठमाडौँ, मङ्सिर १  । आजदेखि राजधानीमा सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई जितको लागि १३१ रनको लक्ष्य दिएको छ ।

    images

    कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निरधारित २० ओभरमा छ विकेट गुमाएर १३० रनको योगफल बनाएको हो ।

    जनकपुरको लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिनुभयो । उहाँले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाउनुभयो । यस्तै,  मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाउनुभयो । लाहिरु मिलन्था सात रनमा आउट हुनुभयो ।

    काठमाडौँ गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिनुभयो भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एकरएक विकेट लिनुभयो ।

    यसअघि भएको पहिलो संस्करणको खेलमा भने  जनकपुरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको थियो । काठमाडौँ अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।  

     


    तेस्रो आँखा