• ट्रेण्डिङ्ग :
एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई १४४ रनको मध्यम लक्ष्य दियो

एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई १४४ रनको मध्यम लक्ष्य दियो


  • 1.9K
    SHARES
    • मंसिर १२, २०८२ बिहीबार
    • ९ महिना अघि
    • 3.0K Views

    एनपिएल : लुम्बिनीले सुदूरपश्चिमलाई १४४ रनको मध्यम लक्ष्य दियो

    काठमाडौँ, मङ्सिर ११ गते । नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई एक सय ४४ रनको मध्यम लक्ष्य दिएको छ ।

    images

    त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले १९.४ ओभरमा ओभरमा सबै विकेटको क्षतिमा एक सय ४३ रन बनायो ।

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाउनुभयो । उहाँले ३६ बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै दीलिप नाथले ३१, डी’आर्की सर्ट र सुमित महर्जनले समान १८/१८ र गुलवदिन नईवले ११ रन बनाउनुभयो ।

    बलिङमा सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंहले तीन तीन विकेट लिनुभयो । यस्तै हेमन्त धामीले दुई तथा स्कट कग्लेइजनले एक विकेट लिनुभयो । 

    लिगमा अपराजित सुदूरपश्चिम आजपनि आफ्नो लय कायम राख्ने तयारीमा छ । यता लुम्बिनी सुदूरपश्चिमलाई रोक्दै प्लेअफतर्फ लम्कने प्रयासमा छ ।

    अघिल्ला तीन खेलमा अपराजित सुदूरपश्चिम ६ अङ्कसहित तालिकाको शीर्षस्थानमा छ । तीन खेलमा एउटा मात्र जित निकालेको लुम्बिनी दुई अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ ।

     
     
     
     


    तेस्रो आँखा