• ट्रेण्डिङ्ग :
एमाले महाधिवेशनको उदघाटनसत्र सुरु हुँदै (फोटो फिचर)

एमाले महाधिवेशनको उदघाटनसत्र सुरु हुँदै (फोटो फिचर)


  • 1.4K
    SHARES
    • मंसिर २८, २०८२ शनिबार
    • १० महिना अघि
    • 2.2K Views

    एमाले महाधिवेशनको उदघाटनसत्र सुरु हुँदै (फोटो फिचर)

    काठमाडौँ, मङ्सिर २७ गते । नेकपा (एमाले) को ११ औं महाधिवेशन भक्तपुरको सल्लाघारीमा सुरु हुँदै छ । २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उदघाटनसत्र भक्तपुरमा हुने भए पनि बन्दसत्र आइतबारदेखि प्रदर्शनीमागस्थित भृकुटीमण्डपमा हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । 

    images

    तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन आज तीन लाख मास उतार्ने तयारी गरेको एमालेको बन्द सत्रमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी रहने प्रमुख गौतमको भनाइ छ ।

    महाधिवेशनले १५ सदस्यीय सचिवालयसहित २५१ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ । आजको उदघाटन सत्रमा प्रमुख राजनीतिक दलसहित १६ राजनीतिक दलका नेताहरूको उपस्थिति रहने उहाँको भनाइ छ । कार्यक्रमको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले केहीबेरमा गर्नु हुने छ । 



    तेस्रो आँखा