• ट्रेण्डिङ्ग :
त्रिभुवन विश्वविद्यालयकाे ५१ औँ दीक्षान्त समारोह सुरु

त्रिभुवन विश्वविद्यालयकाे ५१ औँ दीक्षान्त समारोह सुरु


  • 2.5K
    SHARES
    • पौष १०, २०८२ बिहीबार
    • ८ महिना अघि
    • 3.9K Views

    त्रिभुवन विश्वविद्यालयकाे ५१ औँ दीक्षान्त समारोह सुरु

    काठमाडाैं, पुस १० गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५१ औँ दीक्षान्त समारोह आयोजना गरेको छ । दीक्षान्त समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी हुन पाउने उल्लेख गरिएकाे छ । 

    images

    त्रिविका अनुसार दीक्षान्त समारोहका लागि विभिन्न तहका परीक्षा उत्तीर्ण गरेका ८९ हजार १९१ जना विद्यार्थी योग्य भएका छन् । 

    तर दीक्षान्त समारोहमा सहभागी हुनका लागि १६ हजार ३८० जना विद्यार्थीले मात्रै परीक्षा नियन्त्रण कार्यालयमा औपचारिक आवेदन दिएका छन् । त्रिविले गत वर्ष आयोजना गरेको ५० औँ दीक्षान्त समारोहमा पनि ७४ हजार १४९ जना परीक्षार्थी योग्य भएकोमा १४ हजार ३०८ जनाले मात्रै समारोहमा सहभागी हुनका लागि फाराम भरेका थिए । 

     


    तेस्रो आँखा