तुलसीपुर, १४ पुस । दाङको तुलसीपुरमा सञ्चालित प्रथम तुलसीपुर महोत्सव २०८२ मा दर्शकहरुको प्रमुख रोजाईमा लण्डन ब्रिज र जलपरी परेका छन । नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा सञ्चालन भइरहेको प्रथम तुलसीपुर महोत्सवमा आउने दर्शनहरुको प्रमुख रोजाइमा लण्डन ब्रिज र जलपरी परेका हुन ।
जलपरी हेर्नका लागि विभिन्न जिल्लाहरुबाट दर्शकहरु महोत्सवको अवलोकन गर्न आउने गरेका छन । जलपरीले महोत्सवको आकर्षण बढाएको छ । यसको अवलोकन गर्न २ सय रुपैयाँ टिकट लाग्छ । जलपरी तुलसीपुरमा पहिलोपटक ल्याइएको हो । यसलाई हेर्नका लागि दर्शकहरुको दिनहुँ घुईचो लाग्ने गरेको हुन्छ । यसले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएको छ । 
लण्डन ब्रिज पनि तुलसीपुर महोत्सवमा पहिलोपटक ल्याइएको हो । यो बेलायतमा रहेको मुख्य पर्यटकिय क्षेत्र रहेको हुनाले लण्डन ब्रिज भनिएको हो । महोत्सवको थप सौन्दर्यता बढाउन र दर्शकहरुलाई मनोरञ्जन दिन लण्डन ब्रिज तुलसीपुर महोत्सवमा ल्याइएको हो ।
'दर्शकको रुपमा आउनु भएको सल्यान घर भएकी सुरु नाथ योगीले भन्नुभयो-अन्य महोत्सवहरुमा यस्तो फरक किसिमको प्रदशन छैना, तुलसीपुर महोत्सवले भर्चुअल प्रणाली मार्फत मोबाईमा देखेका कुराहरुले महोत्सवमा प्रदर्शनी गर्ने महोत्सवमा थप रौनक देखिएको छ । यसपटकको महोत्सवको सबै कुराहरुको भिन्नै किसिमको व्यवस्थापन भएको उहाँको भनाइ छ ।
महोत्सवलाई जलपरी र लण्डन ब्रिजले सुन्दर र सौन्दर्यता थपेको छ । धेरै जस्तो दर्शकहरुको जलपरी र लण्डन ब्रिज हेर्ना आएको प्रतिक्रिया रहेको छ । हामिलाई महोत्सव भन्दा पनि जलपरी र लण्डन ब्रिज हेर्न मन थियो, त्यँही भएर आएको जस्ता प्रतिक्रिया दर्शकहरुबाट आएका छन ।
महोत्सवमा प्रत्येक दिन दर्शकहरुको उपस्थिति उत्साहित देखिएको हुन्छन् । विगतका महोत्सवहरु भन्दा यसपटकको महोत्सव फरक शैलीमा सञ्चालन भएको छ । महोत्सवमा राखिएका स्टलहरु पनि हिमाल स्वरुपका छन । त्यसैले महोत्सवमा दिनहुँ दिन हजारौं दर्शकहरुकाे उपस्थिति रहदै आएको छ ।
महोत्सवमा मनोरञ्जनका लागि राखिएका भौतिक संरचनाहरूले पनि दर्शकको ध्यान खिचेका छन् । विशेषगरी लण्डन ब्रिजको नमूना र जलपरी हेर्नका लागि युवापुस्ता र बालबालिकाहरूको निकै उत्साहित देखिएको थियो ।
महोत्सवमा राखिएका स्टलहरूमा पनि दर्शकहरुको निकै भीड देखिन्छ । स्थानीय कृषि उपज, हस्तकलाका सामग्री र होटल व्यवसायमा राम्रो कारोबार भएको व्यवसायीहरूले बताएका छन् ।
तुलसीपुर महोत्सवले दाङको पर्यटन प्रवद्र्धन र स्थानीय व्यापारलाई चलायमान बनाउन ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ । महोत्सव पुस १९ गतेसम्म संचालन हुने छ । तुलसीपुरमा पहिलोपटक घरेलुु महासंघको आयोजनामा महोत्सव संचालन भएको हो ।
महोत्सवले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने गरि स्टलको व्यवस्था गरेको छ । दाङको उत्पादित वस्तु तथा सेवालाई अन्य जिल्ला एवम् क्षेत्रसम्म पुर्याउनका लागि महोत्सवले महत्त्वपूर्ण भुमिका खेल्नेछ ।
रुपा थापा
