देखिन नि छोड्यौ अचेल, कहाँ गयौ प्रीत !
तिमि लाई बोलाई रहन्छ , हृदय को गित !!
सपनिमा देख्छु तिमी लाई, आफ्नै वरिपरि !
विपनिमा तड्पिन्छ मन , बुझाउँ कसो गरि !!
कहिले हाँस्ने, कहिले रुने, दियौ कस्तो प्रीत !
तिमी लाई बोलाई रहन्छ, हृदय को गित !!
देखिन नि .....................................!
तिमी लाई ......................................!!
गाउँ वेसिमा तिम्रा मेरा, चर्चा हुन थाले अरे !
साथिभाई ले देउरालीमा, जिस्काउन थाले अरे !!
तिम्रो खबर सोध्छ मन, अँधेरिमा तारासित !
तिमी लाई बोलाई रहन्छ , हृदय को गित !!
देखिन नि .......................................!
तिमी लाई .......................................!!
कति बसौं पर्खाइमा, हेरि तिम्रो तस्वीर !
चिट्ठी पत्र आउनै छाडे, न त आउँछ खबर !!
साट्यौ कि त मितिले अचेल, मन अर्कै सीत !
तिमी लाई बोलाई रहन्छ, हृदय को गित ।
अस्तु : सुशील रावत
