• ट्रेण्डिङ्ग :
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार


  • 1.8K
    SHARES
    • माघ १५, २०८२ बुधबार
    • ७ महिना अघि
    • 2.8K Views

    नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

    काठमाडौँ । अघिल्लो दुई कारोबार दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ ।

    images
     

    आज नेप्से परिसूचक पाँच दशमलव शून्य आठ अङ्कले बढेर दुई हजार ७३१ दशमलव ५९ को बिन्दुमा कायम भएको हो ।

    आज ३३४ कम्पनीको दुई करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर एक लाख २१ हजार ९९२ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ बराबरको कारोबार भएको छ ।

     

    बैंकिङ, लगानी, जीवन बिमा, लघुवित्त र निर्जीवन बिमा समूहबाहेक अरु सबै समूहको उपसूचक बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा गुडविल फाईनान्स लिमिटेड डिबेन्चर–२०८३ को शेयर मूल्य सबैभन्दा बढी आठ दशमलव शून्य सात प्रतिशतले घटेको छ ।

     


    तेस्रो आँखा