तुलसीपुर, माघ १७ । नेपालकाे मध्यपश्चिम क्षेत्र अन्तर्गत लुम्बिनी प्रदेशको दाङ जिल्लामा अवस्थित गणेशपुर पार्क पर्यटकहरुकाे प्रमुख राेजाईमा परेको छ । दाङको तुलसीपुर–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा पर्यटकहरुको आकर्षण बढ्न थालेको छ ।
शान्तिउद्यान पार्कमा राखिएको शान्तिका अग्रदुत गौतमबुद्धको मूर्ति, फुल, लाेपन्न जनावर र वनजङ्गलसहितको सुन्दर वातावरणमा रमाउन धेरै जना पर्यटकहरु यहाँ पुग्ने गरेका छन् ।
उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुधिर केसीले भन्नुभयो,“यो ठाउँ आफैँमा सुन्दर छ, सामुदायिक वन दृश्य हेर्न लायक छ” । त्यसैमा गौतमबुद्धको मूर्ति निर्माण गरेर शोभा बढाएपछि पर्यटकको आकर्षण पनि बढेको छ ।”
त्यहाँ पानीको फोहोरा, कृतिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका बाघ, बाँदर, उल्लु, हरिण, खरायोका बच्चा, चित्तललगायत जनवारहरु पनि छन् । त्यसैले पनि पर्यटकलाई रमाउन सहज भएको छ । यहाँ रहेको पोखरीमा डुङ्गाको व्यवस्था छ । तीन वटा डुङ्गामा सयर गर्ने व्यवस्था गरिएको छ ।
गणेशपुर पार्ककाे पाेखरीमा मा
छा पालन गरिएको छ। जहाँ हाल पाँच हजार माछा रहेका अध्यक्ष केसीले बताउनुभयो । माछा पालन पश्चात् बजारीकरण गरेर पार्कलाई नै व्यवस्थापन गर्ने अध्यक्ष केसीकाे भनाइ छ ।
त्यहाँ रहेको हात्ती, गैँडाको प्रतिकले पनि उत्तिकै रौनक बढाएको छ । हाल रङ्गौली गार्डेन र पिङ निर्माणको कार्य भइरहेको छ । त्यो निर्माण भएमा अझै आकर्षण बढ्ने अध्यक्ष केसीकाे विश्वास छ ।
“हामीले यहाँ घोडा पनि व्यवस्था गरेका छौँ । भित्र विभिन्न प्रजातिका फूलहरू छन् । त्यसले पनि सौन्दर्य थपिरहेको छ, उहाँले भन्नुभयो " चिल्ड्रेन पार्कमा पनि मानिसहरू उत्तिकै झुमिएका देखिन्छन् । पिङ, स्वीमिङदेखि बच्चाहरूले खेल्ने हरेक सामग्री राखेका छौँ” ।
केसीका अनुसार दैनिक चार सयदेखि पाँच सय जना पर्यटकहरु पार्कमा अवलोकन गर्न आउने गरेका छन । चाडपर्व र बिदाको समयमा भने दैनिक दुईदेखि तीन हजार बढी पर्टकहरुले अवलोकन गर्ने गरेको अध्यक्ष भण्डारीकाे भनाइ छ । यसरी जम्मा वार्षिक दुई लाखभन्दा बढी पर्यटकहरुले गणेशपुर पार्कको अवलोकन गर्ने गरेकाे अध्यक्ष केसीले बताउनुभयो । 
यहाँ बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पा, बुटवल, सुर्खेतबाट समेत अवलोकनका लागि पर्यटकहरु आउने गरेका छन् । विद्यार्थीलाई ५० प्रतिशत छुट र अपाङ्ग, असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । त्योबाहेक अन्यले रु ५० को टिकेट काट्नुपर्छ । बार्षिक रुपमा करिब १८ हजार पर्यटकहरुले पार्ककाे अबलोकन गर्ने गरेको पाईन्छ ।
पार्कले टिकटबाट उठेकाे रकम पार्कलाई व्यवस्थित एवम् हराभरा बनाउन, कर्मचारीलाई ज्याला दिन तथा पार्कमा राखिएका विभिन्न जीव तथा जनावरहरुकाे लागि आहाराकाे व्यवस्था गर्ने कार्यमा खर्च गर्दै आइरहेको छ ।
सामुदायिक राष्ट्रिय वन क्षेत्रलाई व्यवस्थित गरेर पार्क निर्माण गरेको हाे । स्थानीयले रुख रोपे । रुख हुर्किएपछि जग्गा संरक्षण भयो । पछि त्यो वनलाई श्री गणेश सामुदायिक वन बनाइएको हो ।
रुपा थापा
