• ट्रेण्डिङ्ग :
दाङ क्षेत्र न. २ का उम्मेदवार बिपिन आचार्यद्वारा जेज-जी युवासंग अन्तरक्रिया

दाङ क्षेत्र न. २ का उम्मेदवार बिपिन आचार्यद्वारा जेज-जी युवासंग अन्तरक्रिया


  • 4.9K
    SHARES
    • माघ १८, २०८२ शनिबार
    • ७ महिना अघि
    • 7.5K Views

    दाङ क्षेत्र न. २ का उम्मेदवार बिपिन आचार्यद्वारा जेज-जी युवासंग अन्तरक्रिया

     
    दाङ, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ जिल्ला क्षेत्र नम्बर २ का उम्मेदवार विपिन आचार्यले आज जेन्जी युवाहरूसँग अन्तरक्रिया तथा सात्क्षत्कार कार्यक्रम गर्नुभएको छ। शनिबार घाेराही उपमहानगरपालिका वडा नम्बर १५ का जेन-जी युवाहरुसंग उहाँले अन्तरक्रिया गर्नुभएको हाे । 

    images


    अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै विपिन आचार्यले ८४ को चुनावी जेन-जीहरुले ८२ मै ल्याएको बताउनुभयो । हामीले ८४ काे चुनावी तयारी गर्दै थियौं तर तपाईंहरुले ८२ मा सार्दिनुभयाे, उहाँले भन्नुभयो,  तत्कालीन सरकारकाे व्यवस्था, चरम, भ्रष्टाचार र अनियमितता २०८४ सम्म देशले कुर्न सक्दैन` । मुलुकलाई निकासा दिन जेज-जी युवाहरुकाे भदौ २३ गतेकाे आन्दोलन गरेको उहाँको भनाइ छ । 


    आफुलाई थप जिम्मेवार बन्न र युवाहरुको मागलाइ सम्बोधन गर्दै अगाडी बढ्ने कार्यभार थपिएको बताउनुभयो। `सबै आम जनताको साझा मागलाइ सम्बोधन गर्नको लागि उम्मेदवारी दिएको छु´  आचार्यले भन्नुभयो । अबको लडाइँ आफुहरुसङ्गै लड्नु पर्छ भन्दै सबै युवाहरुलाइ आग्रह गर्नुभयो । आचार्यले देशलाइ बचाउन, युवाहरुलाइ हाम्रै देशमा सम्भावना देखाउन र वैदेशिक पलायन रोक्नको लागि यसपटक रास्वपाले बहुमत ल्याउनै पर्ने बताउनुभयो। fa4e00fb-e0cd-4f47-908f-789c72947a01.jpg


    उक्त अन्तरक्रिया कार्यक्रममा केन्द्रिय तहका नेताहरुको समेत उपस्थिति रहेको थियो। जेन-जी युवाहरुले रास्वपाका उम्मेदवारलाइ बिजय गराउनको लागि तयार भएको भन्दै यसपटक दाङमा घण्टी बजाउनै पर्ने प्रतिबद्धता गरेका छन। उपस्थित सबै युवाहरुले चुपचाप घण्टी छाप भन्दै नारा लगाएका थिए।


    तेस्रो आँखा