• ट्रेण्डिङ्ग :
इजरायलका प्रधानमन्त्री बन्नेटलाई कोरोना संक्रमण 

इजरायलका प्रधानमन्त्री बन्नेटलाई कोरोना संक्रमण 


  • 7.7K
    SHARES
    • चैत्र १४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    इजरायलका प्रधानमन्त्री बन्नेटलाई कोरोना संक्रमण 

    एजेन्सी, १४ चैत । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई सङ्क्रमण पुष्टि भएको हो ।

    images

    'हिस्टोरिक समिट' का क्रममा उनीहरूबीच आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिट इजरायलको जेरुसेलममै भएको थियो । उनले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्नो काम गरिरहेको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गरेको जनाइएको छ ।  

    उनी त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि गएका थिए । त्यहाँ इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए । उनले घटनाबारे आइतबार राती रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गरेका थिए । 


    तेस्रो आँखा