• ट्रेण्डिङ्ग :
शव बोकेर खोटाङ पुगेको हेलिकप्टर दुर्घटनाग्रस्त

शव बोकेर खोटाङ पुगेको हेलिकप्टर दुर्घटनाग्रस्त


  • 1.5K
    SHARES
    • चैत्र ४, २०८२ बुधबार
    • ६ महिना अघि
    • 2.3K Views

    शव बोकेर खोटाङ पुगेको हेलिकप्टर दुर्घटनाग्रस्त

    खोटाङ, चैत ४ गते । काठमाडौँबाट शव बोकेर आएको हेलिकप्टर खोटाङमा दुर्घटना भएको छ । एयर डाइनेस्टीको हेलिकप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा चैत ४ गते दिउँसो दुर्घटना भएको हो ।

    images

    बारीमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सुरुमा बारीको डिलमा अवतरण भएको हेलिकप्टर पुनः उठाएर बीचमा लैजान खोज्दा दुर्घटना भएको बताइएको छ । 

    चालक सविन थापासहित ६ जना सवार हेलिकप्टर दुर्घटना हुँदा एक यात्रु काजीबहादुर राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकीले बताउनुभयो । घाइते राईलाई अर्को हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको उहाँको भनाइ छ ।

     
     
     
     


    तेस्रो आँखा