• ट्रेण्डिङ्ग :
बालाजुका २२ धाराबाट जल प्रवाह (फोटो फिचर)

बालाजुका २२ धाराबाट जल प्रवाह (फोटो फिचर)


  • 2.1K
    SHARES
    • चैत्र १९, २०८२ बिहीबार
    • ५ महिना अघि
    • 3.2K Views

    बालाजुका २२ धाराबाट जल प्रवाह (फोटो फिचर)

    काठमाडौँ, चैत १९ गते । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ (ल्हुति पुन्हि) मेला सुरु भएको छ । बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरेको पुण्य प्राप्त हुने जनविश्वास छ ।

    images

    भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले  बालाजुका २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको बालाजु बाइसधारा उद्यानका प्रमुख रवीन मानन्धरले राससलाई जानकारी दिनुभयो ।

    बौद्ध र हिन्दू धर्मावलम्बी मेला भर्न आएका उहाँले जानकारी दिनुभयो । नेवार समुदायले आज ‘मन्नादी’ देवीको जन्म मनाउने प्रचलन पनि छ ।  विशेष गरी महिलाले बाइसधारामा स्नान गरी  मन्नादीको पूजाअर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ । बालाजुमा स्नान गर्नाले छालासम्बन्धी रोग नलाग्ने स्थानीय बूढापाकाको विश्वास  छ ।

    बालाजुमा नेपाल संवत् ८७५ मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गर्नुभएको र १८५५ सालमा राजा रणबहादुर शाहले अर्को एउटा ठूलो धारा बनाएको  बाइसधाराको इतिहासमा उल्लेख भएको प्रमुख मानन्धरले बताउनुभयो ।  

     


    तेस्रो आँखा