• ट्रेण्डिङ्ग :
चितुवा नियन्त्रणमा लिँदा दुई जना घाइते

चितुवा नियन्त्रणमा लिँदा दुई जना घाइते


  • 2.8K
    SHARES
    • चैत्र २४, २०८२ मंगलबार
    • ६ महिना अघि
    • 4.4K Views

    चितुवा नियन्त्रणमा लिँदा दुई जना घाइते

    घोराही, चैत २४ । दाङको देउखुरीमा चितुवा नियन्त्रणमा लिने क्रममा दुई जना घाइते भएका छन् ।

    images

    राप्ती गाउँपालिका-१, भालुवाङ निवासी ५९ वर्षीय तिलक खड्का र सोही ठाउँ निवासी ३० वर्षीय सुशील विष्ट घाइते हुनुभएको हो ।

    मङ्गलबार बिहान करिव ११ बजेको समयमा जङ्गलबाट भालुबाङ अस्पताल नजिकको बस्तीमा चितुवा पसेपछि खड्का र विष्टले छोप्न खोज्दा चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालय देउखुरीका सूचना अधिकारी दीपक चौधरीले जानकारी दिनुभएको छ ।

    उहाँका अनुसार जङ्गलबाट गाउँमा पसेको चितुवा नियन्त्रणमा लिने क्रममा खड्काको मुख र दायाँ हात र विष्टको दुवै हातमा चोट लागेको छ ।

    चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयको टोलीलाई बुझाएका थिए ।नियन्त्रणमा लिइएको घाइते चितुवालाई उपचारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया पठाइएको सूचना अधिकारी चौधरीको भनाइ छ ।  


    तेस्रो आँखा