• ट्रेण्डिङ्ग :
महोत्तरीमा दुई मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ जना विद्यार्थीको मृत्यु

महोत्तरीमा दुई मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ जना विद्यार्थीको मृत्यु


  • 2.0K
    SHARES
    • चैत्र २४, २०८२ मंगलबार
    • ५ महिना अघि
    • 3.1K Views

    महोत्तरीमा दुई मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ जना विद्यार्थीको मृत्यु

    महोत्तरीको जलेश्वर–बर्दिबास सडक खण्डको बथनाहा गाउँमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर आगलागी हुँदा तीन जना विद्यार्थीको जलेर ज्यान गएको छ । आगलागीमा परेर एक छात्रा र दुई छात्रसहित तीन जनाको मृत्यु भएको हो ।

    images

    यो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।

    प्रहरीले अहिलेसम्म ज्यान गुमाउने तथा घाइते कसैको पनि परिचय नखुलेको र मोटरसाइकल पनि पूर्णरूपमा जलेर नम्बरप्लेटसमेत नदेखिने अवस्थामा रहेको बताएको छ ।

    आज बिहान विपरीत दिशाबाट आएका ती मोटरसाइकल जलेश्वर बर्दिबास सडक खण्डको एकडारा गाउँपालिका–५ मा रहेको बथनाहा गाउँमा एकापसमा ठोक्किएका थिए । ती विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर फर्किरहेका थिए ।#


    तेस्रो आँखा