• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै


  • 1.4K
    SHARES
    • बैशाख ७, २०८३ सोमबार
    • ४ महिना अघि
    • 2.1K Views

    लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

    दाङ,  वैशाख ७ ।  लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ । 

    images

    प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सर्वप्रथम प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।

    त्यसैगरी, सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्कीले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यक्रम तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । रासस

     


    तेस्रो आँखा