• ट्रेण्डिङ्ग :
अस्टिनमा माहावाणिज्यदूतावासको दुई दिने घुम्ती सेवा

अस्टिनमा माहावाणिज्यदूतावासको दुई दिने घुम्ती सेवा


  • 2.8K
    SHARES
    • बैशाख १२, २०८३ शनिबार
    • ४ महिना अघि
    • 4.3K Views

    अस्टिनमा माहावाणिज्यदूतावासको दुई दिने घुम्ती सेवा

    अस्टिन टेक्सास 

    images

    डालासस्थित नेपाली महावाणिज्यदूतावासले टेक्सासको राजधानी अस्टिनमा (अप्रिल २५ र २६) शनिवार र आइतबार राहदानी तथा कन्सुलर घुम्ती सेवा प्रदान गर्ने भएको छ।

    ग्रेटर अस्टिन क्षेत्रको हटोमा रहेको ग्रेटर अस्टिन नेपाली समाजको कार्यालयबाट बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सेवा सञ्चालन गरिने महावाणिज्यदूतावासले जनाएको छ। ग्रेटर अस्टिन क्षेत्रमा १९ वटा काउन्टी रहेका छन्, जहाँ करिब १५ हजारभन्दा बढी नेपालीहरूको बसोबास रहेको अनुमान गरिएको छ।

    महावाणिज्यदूतावासले राहदानी सेवा, कन्सुलर प्रमाणीकरण (एटेस्टेसन) सेवा, पावर अफ अटर्नी सेवा, नेपालका लागि ट्राभल डकुमेन्ट, गैरआवासीय नेपाली परिचयपत्र सेवा तथा नेपालका लागि भिसा सेवा प्रदान गर्दै आएको छ। । सरकारी सेवा लिनका लागि अस्टिनबाट करिव ४ घण्टाको दुरिमा रहेको डालास शहर पुग्न पर्ने हुन्छ । घुम्ती सेवाले अस्टिनवासी नेपालीलाई ठुलो राहत पुर्याऊने छ । डालास स्थित नेपाली माहावाणिज्यदुतावासले टेक्सास लगायत यस वरपरका ९ वटा स्टेटका नेपालीलाई सरकारी सेवा पुर्याउदै आएको छ । दूतावासले समय समयमा विभिन्न राज्य र शहरहरुमा घुम्ती सेवा पुर्याऊने गरेको छ ।


    नारायण भण्डारी
    लेखकबाट थप