• ट्रेण्डिङ्ग :
मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रको सार्वजनिक जग्गा खाली

मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रको सार्वजनिक जग्गा खाली


  • 2.3K
    SHARES
    • बैशाख १५, २०८३ मंगलबार
    • ६ महिना अघि
    • 3.5K Views

    मनोहरा, गैरीगाउँ र थापाथली क्षेत्रको सार्वजनिक जग्गा खाली

    काठमाडौँ, वैशाख १५ । काठमाडौँ र भक्तपुरको सिमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौँदेखि ओगटिएको सार्वजनिक जग्गा खाली गराउने काम सम्पन्न भएको छ । काठमाडौँ उपत्यकाका मुख्य नदी किनारका क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाइएपछि सो क्षेत्र अहिले सुनसान बनेको छ ।

    images

    नेपाल प्रहरीका अनुसार काठमाडौँतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी जम्मा ९४१ घरटहरा भत्काइएको छ । सरकारी जग्गा संरक्षण अभियानअन्तर्गत सञ्चालन गरिएको यस कार्यबाट ठुलो सङ्ख्यामा सुकुम्बासी प्रभावित भएका छन्।

    स्थानीय प्रशासनले नदी किनारको करिडोरलाई व्यवस्थित बनाउन तथा बागमती र मनोहरा नदीको स्वच्छता कायम राख्न यो कदम चालिएको जनाएको छ । यद्यपि विस्थापित परिवारले भने उचित विकल्पबिना नै आफूहरूको उठिबास लगाइएको भन्दै गुनासो गरेका छन् ।


    तेस्रो आँखा