दाङ, २१ बैशाख । सहायता केन्द्र नेपालले दाङको तुलसीपुरका सुकुमबासी बालबालिकाहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेकाे छ ।
सहायता केन्द्र नेपालको आयोजना तथा दलित भ्वाईस अफ दलित कम्युनिटी न्यूयोर्क सिटी यु.एस.एको आर्थिक सहयोगमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको हाे । साेमबार तुलसीपुर-६ शिवशक्ति टोलका ९ जना सुकुमबासी बालबालिकाहरुलाइ शैक्षिक सामाग्री वितरण गरिएको छ।
सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज बिकले सुकुम्बासी भएको कारण विद्यालय जान नपाउने अवस्थालाई अन्त्य गर्नुपर्ने बताउनुभयो । समाजमा आर्थिक रुपले विपन्न तथा पिछडिएका बालबालिकालाई शिक्षा क्षेत्रबाट वञ्चित हुन नदिने उल्लेख गर्नुभयो । बालबालिकाकाे शैक्षिक क्षेत्रमा उज्जवल भविष्यकाे कामना गर्दै आगामी दिनमा शैक्षिक सुधारका क्षेत्रमा उल्लेख्निय भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।बालबालिकालाई अन्य कुनै पठनपाठनमा आएका समस्या समाधान गरी विद्यालयसँग जाेड्नु पर्ने बताउनुभयो। आर्थिक अवस्थाका कारण शिक्षाबाट वञ्चित हुने अवस्थाकाे अन्त्य गर्ने उहाँको भनाइ छ । 
एक शैक्षिक सत्रसम्म पुग्ने गरी शैक्षिक सामाग्री वितरण गरिएको छ । सुकुम्बासी बालबालिकालाई स्कुल ड्रेस, झोला, जुत्ता मोजा, कपि, पेन्सिल, इलेजर, कटर र कलर लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हाे । 
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा सहायता केन्द्र नेपालकि सचिव मुना विक, काेषाध्यक्ष दुविसरा वली, कार्यक्रम संयोजक अमर बिक, शिवशक्ति टोलका पूर्व अध्यक्ष गोपाल सुनुवार र सुनचाँदी व्यवसाय संघ दाङ तुलसीपुरकी सुष्मा स्वर्णकार लगायतकाे सहभागी रहेको थियो ।
उक्त कार्यक्रमकाे सहजीकरण सहायता केन्द्र नेपालकि सचिव मुना विकले गर्नुभयो ।
