• ट्रेण्डिङ्ग :
एसइई नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट सार्वजनिक हुने

एसइई नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट सार्वजनिक हुने


  • 1.9K
    SHARES
    • बैशाख २७, २०८३ आइतबार
    • ४ महिना अघि
    • 2.9K Views

    एसइई नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट सार्वजनिक हुने

    भक्तपुर, वैशाख २७ गते । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा एसएमएस, आईभीआर तथा वेबसाइटमार्फत सार्वजनिक हुने जनाएको छ ।

    images

    कार्यालयले जारी गरेको सूचनाअनुसार एसइई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा विभिन्न सेवा प्रदायक संस्थामार्फत मोबाइल एसएमएस, आईभीआर सेवा र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको हो ।

    नतिजा हेर्नका लागि नेपाल टेलिकमकाे १६००, जानकी टेक्नाेलाेजि प्राली ३५००१ र एम्बिसन गुरु प्रालि ३१०६१ मा  एसएमएस/यूएसएसडी तथा आईभीआर सेवा उपलब्ध गराइनेछ । साथै अन्य प्राविधिक साझेदारमार्फत विभिन्न वेबसाइट तथा मोबाइल एपमार्फत पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

    बोर्डका अनुसार नतिजा प्रकाशनपछि विद्यार्थीले एसएमएस/आईभीआर सेवा, आधिकारिक वेबसाइट, मोबाइल एप तथा अन्य डिजिटल प्लेटफर्म प्रयोग गर्न सक्नेछन् ।

    परीक्षा नियन्त्रण कार्यालयले नतिजा हेर्दा आधिकारिक स्रोत मात्र प्रयोग गर्न र गलत सूचनाबाट सचेत रहन विद्यार्थी तथा अभिभावकलाई आग्रह गरेको छ ।

    एसइई २०८२ को नतिजा सार्वजनिक भएपछि देशभरका लाखौं विद्यार्थीले अनलाइन तथा मोबाइल माध्यमबाट सहजै नतिजा हेर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।



     


    तेस्रो आँखा