• ट्रेण्डिङ्ग :
पर्यटकको प्रमुख रोजाईमा ‘थारु संग्रहालय’

पर्यटकको प्रमुख रोजाईमा ‘थारु संग्रहालय’


  • 3.2K
    SHARES
    • जेठ ३, २०८३ आइतबार
    • ४ महिना अघि
    • 4.9K Views

    पर्यटकको प्रमुख रोजाईमा ‘थारु संग्रहालय’

    तुलसीपुर, ३ जेठ। नेपालको मध्यपश्चिम क्षेत्र अन्तर्गत दाङ जिल्लामा पर्ने थारु संग्रहालय प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर ३ चखौरामा रहेको थारु संग्रहालय पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रमुख रोजाईमा परेको हो।
     
    थारु जातिको बहुल्यता रहेको दाङ जिल्ला आफैमा एक सुन्दर जिल्लाको रुपमा परिचित हुँदै आएको छ । यहाँ थारु जातिको बसोबास अन्य जिल्लाको भन्दा धेरै रहेको छ।

    images

    थारू समुदायको इतिहास र संस्कृति बचाउन चखौरामा निर्माण गरेको थारू सांस्कृतिक संग्रहालय यति बेला लुम्बिनी प्रदेशको पर्यटकीय गन्तव्य बनेको छ । संग्रहालयमा थारू जातिको जन्मदेखि मृत्युसम्म गरिने सम्पूर्ण रीतिरिवाजका मूर्ति सजावट गरिएको छ । थारु जातिले गर्ने सबै पेसा लगायत काम पनि यस संग्रहालयमा राखिएको छ। images (2).jpg

    आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनले यहाँको सुन्दरतामा थप सौन्दर्यता थपेको छ। थारु जातिले खाने प्रमुख खानाका परिकार तथा थारु जातिको पहिचान अवलोकन गर्नेका लागि दिनहुँ  पर्यटकहरुको भिड लाग्ने गरेको छ। यहाँ आउने पर्यटक घुम्न तथा थारु जातिको पहिचान अवलोकन गर्ने उदेश्यले पर्यटकहरु आउने गरेका छन ।

    नेपालको पुर्वीक्षेत्र सुनसरी जिल्लाको बराह नगरपालिका-३ कि गुलिया थरुनीले पुर्वी क्षेत्रको थारु संस्कृति र पश्चिम क्षेत्रको थार संस्कृति एउटै भएको बताउनुभयो । आ-आपनो पहिचानलाई जोगाएर राख्नु आफ्नो कर्तव्य  भएको उहाँले बताउनुभयो । ‘हाम्रो पुर्वको र पश्चिमको थारु जातिको संस्कृति एउटै छ तर भाषामा मात्र फरक छ, उहाँले भन्नुभयो,‘अहिले थारु जातिको संस्कृति लोप हुँदै गएको छ, ‘तर हाम्रो जातिको सबै पहिचानलाई कैद गरेर यो संग्रहालय बनेको रहेछ, । नेपालभरी थारु जातिको जन्म देखि मृत्युसम्मको संस्कृत बोकेको संग्रहालय दाङमा मात्र बनेको उहाँको भनाइ रहेको छ । 

    संग्रहालयमा थारू बस्तीको झल्को दिने परम्परागत घर, कोठा, भान्सा, देवता राख्ने ठाउँ, पूजापाठ, जन्म र मृत्यु संस्कारको बारेमा मूर्ति सहितका सामग्री सजाएर राखिएको छ । थारू पुरुष र महिलाले लगाउने कपडा, धार्मिक गतिविधि, नाचगान गर्दा लगाउने लुगा सहितका शृंगारका सामाग्री सजाएर राखिएका छन् । थारु जातिहरुले प्रयोग गर्ने कृषि औजार, उपकरण, खेतबारी जोत्न र खन्न प्रयोग गरिने औजार राखिएको छ।TharuMuseumDang1-1730694096.jpg

    साथै यो संग्राहलयमा थारु जातिले खाने परिकारहरु ढिक्री, घुङगी, माछा लगायत सुगुरका परिकारहरु पाईन्छन ।

    तुलसीपुरबाट ९ किलोमिटर पश्चिममा रहेको यो संग्रहालय हेर्न र घुम्न पुग्नेको संख्या दैनिक एक हजारभन्दा बढी छ । दाङ सहित नेपालका विभिन्न जिल्लामा बसोबास गर्ने थारूको इतिहास यहाँ देख्न सकिन्छ । थारू जातिका परम्परा, नाचगान, चाडपर्व, सामाजिक जीवन झल्कने गरी संग्रहालयभित्र र भित्तामा सजाएर राखिएको छ । अहिले नेपालका विभिन्न जिल्लाबाट थारू संस्कृति बुझ्न आउने जातीय पहिरनमा सजिएर फोटो खिचेर आनन्द लिनेहरू यहाँ भेटिन्छन् ।Untitled-1 (3).jpg

  • सम्बन्धित विषय:

  • # जन्मकैद

  • रुपा थापा
    लेखकबाट थप