• ट्रेण्डिङ्ग :
राष्ट्रपतिसमक्ष प्रधानन्यायाधीश शर्माद्धारा पद तथा गोपनीयताको शपथ

राष्ट्रपतिसमक्ष प्रधानन्यायाधीश शर्माद्धारा पद तथा गोपनीयताको शपथ


  • 2.1K
    SHARES
    • जेठ ५, २०८३ मंगलबार
    • ५ महिना अघि
    • 3.3K Views

    राष्ट्रपतिसमक्ष प्रधानन्यायाधीश शर्माद्धारा पद तथा गोपनीयताको शपथ

    काठमाडौँ, जेठ ५ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष उहाँले शपथ ग्रहण गर्नुभएको हो । 

    images

    संवैधानिक परिषद्को २०८३ वैशाख २४ गतेको निर्णय बमोजिम नेपालको प्रधानन्यायाधीश पदमा नियुक्तिको लागि सिफारिस हुनुभएका सर्वोच्च अदालतका न्यायाधीश डा. शर्मालाई संसदीय समितिले मंगलबार सर्वसम्मत अनुमोदन गरे लगत्तै उहाँ प्रधानन्यायाधीश नियुक्त हुनुभएको हो । 

    प्रधानन्यायाधीशको नियुक्ती लगत्तै उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँगै कुटनीतिक नियोगका प्रमुख र विशिष्ट कर्मचारीलगायतको उपस्थिति थियो । 

     

     


    तेस्रो आँखा