• ट्रेण्डिङ्ग :
प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी


  • 2.1K
    SHARES
    • जेठ ७, २०८३ बिहीबार
    • ५ महिना अघि
    • 3.2K Views

    प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

    काठमाडौँ,  जेठ ७ गते ।  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जानकारी दिनुभएको छ ।  

    images

    सभाको आजको बैठकमा केही सदस्यले समसामयिक विषयमा आफ्नो भनाइ राखेपछि आकस्मिक समय सकिए पश्चात शून्य समय आरम्भ गराउन खोज्दा थप सदस्यले भनाइराख्न आसनबाट उठेपछि सभामुख अर्यालले बस्न आग्रह गर्नुभयो । सांसदहरू राजेन्द्रकुमार राई, बलावती शर्मालगायत सोही समयमा बोल्न उठिरहे पछि सभामुखले आकस्मिक समयमा अघिल्लो बैठक सकिएदेखि यस बैठकसम्मको अवधिमा मुलुकका उत्पन्न भएका जनजीवनमा अति महत्वपूर्ण घटना–विषयलाई बोल्न समय माग्न र दिन सकिने संसदीय अभ्यास छ । 

    सांसदले बोल्न टिपाइएका कुनै विषय उक्त समयमा बोल्न संवेदनशील नलागेमा सभामुखले समय नदिन पनि सक्नुहुनेछ । आसनबाट उठेका सदस्यहरू नबसेपछि सभामुख अर्यालले तोकिएभन्दा थप सदस्यलाई आकस्मिक समयमा बोल्न समय दिनुभयो ।

    संसद्मा आकस्मिक समयमा साथै शून्य समय र विशेष समयमा समसामयिक विषयमा ध्यानाकर्षण गराउने पनि संसदीय अभ्यास छ ।  रासस

     


    तेस्रो आँखा