• ट्रेण्डिङ्ग :
नेपाली भाषा साहित्यको प्रबद्र्धनमा प्रवासी पत्रकारिताको भूमिकाबारे अन्तर संवाद सम्पन्न

नेपाली भाषा साहित्यको प्रबद्र्धनमा प्रवासी पत्रकारिताको भूमिकाबारे अन्तर संवाद सम्पन्न


  • 1.2K
    SHARES
    • जेठ १३, २०८३ बुधबार
    • ३ महिना अघि
    • 1.9K Views

    नेपाली भाषा साहित्यको प्रबद्र्धनमा प्रवासी पत्रकारिताको भूमिकाबारे अन्तर संवाद सम्पन्न

    अमेरिका । प्रबिधियुक्त पत्रकारिताको विकाससँगै नेपाली पत्रकारिताको अभ्यास र  प्रभावलाई नेपालको भौगोलिक  सीमाको दायरा भित्र सिमित हुने अवस्था विस्तारै अन्त्य हुँदै गएको नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा औल्याईएको छ ।

    images

    कोलोराडोको वेष्ट मिनिस्टरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलनका अवसरमा  नेजाको संयोजनमा आइतवार भएको नेपाली भाषा साहित्यको प्रवद्र्धनमा प्रवासी पत्रकारिताको भूमिका विषयक अन्तर संवादमा सहभागि वक्ताहरुले भौगोलिक नेपालको सिमा बाहिर पनि ठूलो संख्यामा नेपाली र नेपाली भाषीको उपस्थिति र बसोबास भैरहेको अवस्थामा त्यहाँ भैरहेको पत्रकारिता र प्रविधिले पत्रकारितालाई विश्वव्यापी करण गराएकाले अव नेपाल भित्र र नेपाल बाहिरको पत्रकारिताको अभ्यासलाई दुई कोणबाट हेर्नुपर्ने अवस्था अन्त्यतर्फ अघि बढिरहेको बताए ।

    विश्वका धेरै देशहरुमा नेपालीको उपस्थिति रहेको र त्यहाँ नेपाली भाषा र अन्य भाषामा समेत पत्रकारिता गर्ने नेपाली पत्रकारहरुको संख्या उल्लेख्य रहेकोमा जोड दिदै सहभागि वक्ताहरुले भुगोलको नेपाल बाहिर पनि ठूलो संख्या संचार माध्यमहरु संचालन भैरहेको र तिनीहरुले नेपाली पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान दिई रहेकोमा सहभागि वक्ताहरूको जोड रह्यो ।

    नेपाली भाषा, साहित्य र संस्कृतिको प्रर्वद्धन र विस्तारमा  पत्रकारिताको भूमिका अहँ रहेको औँल्याउँदै सहभागि वक्ताहरुले प्रविधिको उच्चतम सदुपयोग गर्दै दायरा अझ व्यापक  बनाउनुपर्ने आवश्यकता सहभागीहरु वक्ताहरुले औल्याए ।

    नेपाल अमेरिका पत्रकार संघ(नेजा)का अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ पत्रकार सुधिर शर्मा, अनलाईन खबरका प्रधान सम्पादक बसन्त बस्नेत, वरिष्ठ पत्रकार बबिता बस्नेत,  मदन पुरस्कार विजेता साहित्यकार डा. निलम कार्की निहारिका,  राष्ट्रिय सूचना आयोगकी पूर्व आयुक्त तथा नेजा कार्यसमिति सदस्य यशोदा तिम्सिना,  वरिष्ठ पत्रकार नारायण श्रेष्ठ लगायतले सहभागि वक्ताको रुपमा धारणा राख्दै संख्यात्मक सँगै गुणात्मक पत्रकारिताको विकासमा समेत जोड दिए । संघका कार्यसमिति सदस्य दिपेन्द्र खड्काको संचालन, क्षेत्रीय संयोजक ओम आचार्यको धन्यवाद ज्ञापन र वरिष्ठ पत्रकार दिनेश कार्कीको सहजीकरणमा सम्पन्न अन्तर संवादमा बोल्दै अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अध्यक्ष सर्वज्ञ  वाग्लेले नेपाल अमेरिका पत्रकार संघ र अनेसास का बीचमा भाषा साहित्यको प्रवद्र्धनका लागि सहकार्यको सुरुवात भएको बताउँदै आगामी दिनमा अझ यसलाई विस्तार गर्दै लगिने बताए ।


    तेस्रो आँखा