• ट्रेण्डिङ्ग :
राति देशका अधिकांश भूभागमा वर्षा हुने सम्भावना

राति देशका अधिकांश भूभागमा वर्षा हुने सम्भावना


  • 1.4K
    SHARES
    • जेठ २०, २०८३ बुधबार
    • ५ महिना अघि
    • 2.2K Views

    राति देशका अधिकांश भूभागमा वर्षा हुने सम्भावना

    काठमाडौँ, जेठ १९ गते । जल तथा मौसम विज्ञान अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज मङ्गलबार राति देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ ।

    images

    महाशाखाका अनुसार कोशी, मधेस, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा र हिमपातको  सम्भावना छ ।

    हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । बुधबार र बिहीबार देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । 

    भोलि र पर्सी मधेस प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ । यसैगरी, हिमाली र पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

     


    तेस्रो आँखा