• ट्रेण्डिङ्ग :
तापक्रम ह्वात्तै घट्यो, ठाउँठाउँमा भारी वर्षा

तापक्रम ह्वात्तै घट्यो, ठाउँठाउँमा भारी वर्षा


  • 2.1K
    SHARES
    • जेठ २९, २०८३ शुक्रबार
    • ४ महिना अघि
    • 3.2K Views

    तापक्रम ह्वात्तै घट्यो, ठाउँठाउँमा भारी वर्षा

    काठमाडौँ, जेठ २८ गते । मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले तापक्रम ह्वात्तै घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशमा सबैभन्दा उच्च तापक्रम भैरहवामा ३२।६ र धनगढीमा ३२।३ डिग्री रहेको छ । तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ ।

    images

    अन्य जिल्लामा त्योभन्दा कम नै तापक्रम रहेको छ । तीन दिन अघि केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम आज घटेको हो । यसैबीच आज पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा भारी वर्षा भएको छ । विभागका अनुसार धनुषा महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासी पूर्व, तनहुँलगायत जिल्लाका केही मापन केन्द्रमा भारी वर्षा मापन भएको छ । 

    विभागको मौसम पूर्वानुमान महाशाखाचले आज साँझ जारी गरेको बुलेटिनअनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

    विभागका सूचना अधिकारी दिनकर कार्यस्थका अनुसार जेठ २९ गते शुक्रबार कोशी, मधेश र बागमती प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्ने जनाइएको छ । 

    कोशी र मधेश प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू तथा बागमती, सोही कारण गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको जनाइएको छ । 

    हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ । रासस

     


    तेस्रो आँखा