• ट्रेण्डिङ्ग :
कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक


  • 1.3K
    SHARES
    • आषाढ ५, २०८३ शुक्रबार
    • २ महिना अघि
    • 1.9K Views

    कक्षा १२ को नतिजा सार्वजनिक
    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । बोर्डले परीक्षा सञ्चालन भएको ३५ दिनमै नतिजा सार्वजनिक गरेको हो ।

    गत वैशाख १४-२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए ।

    images
     

    त्यसमा १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए ।

    नतिजा कसरी हेर्ने?
    राष्ट्रिय परीक्षा बोर्डको [result.neb.gov.np](http://result.neb.gov.np) वा नेपाल टेलिकमको [neb.ntc.net.np](https://neb.ntc.net.np) मा लगइन गरेर हेर्न सकिन्छ ।
    SMS: NEB टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी १६०० मा म्यासेज पठाएर हेर्न सकिन्छ ।
    IVR/USSD: नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा *१६०१# बाट पनि हेर्न सकिनेछ ।

     

     
     
     
     
     
     
     
     


    तेस्रो आँखा