तुलसीपुर, ६ असार । राेल्पाकाे परिवर्तन गाउँपालिकामा डिजिटल सुरक्षा दुर्व्यसन नियन्त्रण र नेतृत्व बिकास कार्यशालाको दुइदिने प्रशिक्षण कार्यक्रम सुरु हुने भएको छ । परिवर्तन गाउँपालिकाकाे युवा सञ्जाल कार्य समितिका प्रमुख रबिन बुढा मगरको पहलमा उक्त कार्यक्रम सुरु हुने भएको हाे ।
उक्त अभिमुखिकरण तथा कार्यशाला कार्यक्रममा रोल्पा जिल्ला अदालतका न्यायाधीश बिनोद खतिवडा, प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्री, परिवर्तन गाउपालिका अध्यक्ष सुक बहादुर बुढा मगर, प्रहरी नायव उपरीक्षक पन्च बहादुर बाखु, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी, पत्रकार नबिन लोचन लगायत पत्रकार देवी गुरुले महत्त्वपूर्ण बिषयमा प्रशिक्षण दिने भएकाे छ ।
परिवर्तन गाउँपालिकामा युवाहरूलाई सकारात्मक र रचनात्मक कार्य तिर अघि बढाउन सहयोग गर्ने विश्वास लिइएको थियो । वर्तमान समस्या र चुनौतिलाई मध्य नजर गर्दै युवाहरुलाई जनचेतनामूलक महत्त्वपूर्ण विषय क्षेत्रमा परि प्रशिक्षण गराइएको थियो । कार्यक्रमले युवा पुस्ताकाे भविष्यलाई कसरी गन्तव्यसम्म पुर्याउने र आउने चुनाैतिलाई कसरी सामान गर्ने भन्ने बिषयमा महत्त्वपूर्ण भुमिका खेलेको छ ।