• ट्रेण्डिङ्ग :
इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोककाे निर्देशन

इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोककाे निर्देशन


  • 11.0K
    SHARES
    • चैत्र १७, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 16.9K Views

    इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोककाे निर्देशन

    काठमाडाैं,१७ चैत्र । आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले इजाजत प्राप्त हतियार प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले एक सूचना जारी गर्दै इजाजत प्राप्त हतियारहरु निर्वाचन सम्पन्न नभएसम्मका लागि बुझाउन निर्देशन दिएका हुन्।

    images

    प्रशासनले स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सिजना गर्नु अपरिहार्य भएकाले जिल्ला भित्र रहेका ईजाजत प्राप्त हातहतियारहरु चैत्र मसान्तभित्र आ–आफ्ना नजिकको प्रहरी ईकाईमा बुझाउन आग्रह गरेको छ।  प्रहरी ईकाई बुझाइएका हातहतियारहरु सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि हतियार धनीलाई नै फिर्ता गरिने उनले बताए।

    ‘गृहमन्त्री बालकृष्ण खाँणज्यूको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितको बैठकबाट स्थानीय निर्वाचनलाई विश्वसनीय बनाउन इजाजतपत्र प्राप्त प्रहरी इकाइमा बुझाउन हतियार धनीलाई अनुरोध गर्ने निर्णय भए बमोजिम सूचना जारी गरिएको हो।’सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भने, ‘इजाजतपत्र प्राप्त हातहतियार निर्वाचन पश्चात फिर्ता गरिन्छ।’

    जिल्लामा अवैध हातहतियार भित्रिन सक्ने आशंकामा प्रहरीलाई विशेष रुपमा परिचालन गर्न समेत प्रशासनले निर्देशन दिएको छ। अनुमति लिएर राखिएका हतियार पनि  निर्वाचनमा सुरक्षामा चुनौति हुने भएकाले हतियार संकलन गर्न लागिएको उनको भनाई छ।


    तेस्रो आँखा
    लेखकबाट थप