• ट्रेण्डिङ्ग :
दाङका १० पालिकाकाे बजेट सार्वजनिक : सबैभन्दा बढी तुलसीपुर, कम दंगीशरण

दाङका १० पालिकाकाे बजेट सार्वजनिक : सबैभन्दा बढी तुलसीपुर, कम दंगीशरण


  • 4.5K
    SHARES
    • आषाढ १०, २०८३ बुधबार
    • २ महिना अघि
    • 6.9K Views

    दाङका १० पालिकाकाे बजेट सार्वजनिक : सबैभन्दा बढी तुलसीपुर, कम दंगीशरण

    तुलसीपुर, १० असार । दाङ जिल्लाका १० वटा पालिकाले आर्थिक बर्ष २०८३/८४ काे बजेट सार्वजनिक गरेका छन । असार १० गते प्रत्येक स्थानीय तहले सार्वजनिक गरेकाे बजेटमा दाङका १० वटा पालिकाहरु मध्ये सबैभन्दा बढि बजेट तुलसीपुर उपमहानगरपालिकाले ल्याएको छ । 

    images

    जसले आर्थिक बर्ष २०८३/८४ काे लागि तुलसीपुर उपमहानगरपालिकाले कुल २ अर्ब ४४ करोड ९५ लाख रुपैयाँकाे बजेट सार्वजनिक गरेको छ ।जसमा १ अर्ब ३९ करोड ६० लाख (५६) प्रतिशत चालुतर्फ र १ अर्ब १ करोड ३८ लाख २८ हजार (४५.३५) प्रतिशत रुपैयाँको बजेट उपप्रमुख स्यानी चाैधरीले सार्वजनिक गर्नुभएको हाे । त्यस्तै सबैभन्दा कम बजेट विनियोजन गर्ने गाउँपालिका दंगीशरण रहेको छ । उपाध्यक्ष पिमा कुमारी खड्काले कुल  ४६ करोड ४५ लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ।

    घाेराही उपमहानगरपालिकाका उपप्रमुख हुमा कुमारी डिसीले कुल २ अर्ब ३७ करोड ९५ लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ । जसमा चालुतर्फ कुल बजेटका १ अर्ब ३५ करोड ४५ लाख ४५ हजार (५६.९३) प्रतिशत र पुँजीगततर्फ कुल बजेटकाे १ अर्ब २ करोड ४९ लाख ७७ हजार (४३.०७) प्रतिशत बजेट विनियोजन गरीएको छ । जस्मा पुर्वाधार विकास, सामाजिक सुरक्षा, कर्मचारीकाे क्षमता विकास, स्वास्थ, शिक्षा, राेजगार र सामाजिक न्यायलाई बजेटकाे प्राथमिकता राखिएको छ ।  

    लमही नगरपालिकाका उपाध्यक्ष श्री लक्ष्मी याेगीले कुल ९८ करोड १३ लाख ३७ हजार ४ सय ४५ रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ ।

    बबई गाउँपालिकाका उपाध्यक्ष बम कुमारी खड्काले कुल ५६ कराेड ४ लाख ४३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ। जसमा चालुतर्फ ३८ करोड ६७ लाख ५ हजार ६ सय ७० (६९) प्रतिशत गरिएको छ भने पुँजीगततर्फ कुल बजेटकाे १७ करोड ३७ लाख ३७ हजार ३ सय ३० (३९) प्रतिशतकाे बजेट विनियोजन गरिएको छ । 

    शान्तिनगर गाउँपालिकाका उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीले कुल  ५२ करोड २५ लाद ४७ हजार  रुपैया बजेट सार्वजनिक गर्नुभएको छ। 
    त्यस्तै बंगलाचुली गाउँपालिकाका भक्त बहादुर जिसीले कुल  ६१ करोड १ लाख ९० हजार रुपैयाँकाे बजेट सार्वजनिक गर्नुभएको छ । साथै गढुवा गाउँपालिकाका उपाध्यक्ष  शारदा कुमारी चाैधरीले कुल ८२ करोड ६४ हजार रुपैयाँकाे बजेट सार्वजनिक गर्नुभएको छ  ।

    राप्ती गाउँपालिकाका उपाध्यक्ष शमशेर लामाले १ अर्ब २ करोड रुपैयाँकाे बजेट सार्वजनिक गर्नु भएको छ ।

    राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवले कुल ६१ करोड १ लाख ९० हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको छ । जसमा चालुतर्फ ३६ करोड ६१ लाख १४ हजार र पुँजीगततर्फ २४ करोड ४० लाख ७६ हजार रुपैयाँ विनियोजन गरेको बताउनुभयो । 

    स्थानीय तहहरुबाट प्रस्तुत बजेटहरुमा पुर्वाधार विकास निर्माण, पर्यटन, स्वास्थ्य, खानेपानी, सिँचाइ, शिक्षा, राेजगार, सिपमुलक तालिम, कृषि, सामाजिक सुरक्षा, पुर्वाधार विस्तार तथा महिला सहभागीता, बालबालिका, प्रजनन स्वास्थ, विपत जाेखिम न्युनीकरणट र वृद्वजन लक्षित कार्यक्रमहरुमा केन्द्रीत छन । 

    प्रत्येक स्थानीय तहले असार १०  गतेसम्म बजेट सार्वजनिक गरिसक्ने कानुनी व्यवस्था छ । तुलसीपुर उपमहानगरपालिका, घाेराही उपमहानगरपालिका र लमही नगरपालिमाले असार १० अगाडि बजेट सार्वजनिक गरेका हुन ।