• ट्रेण्डिङ्ग :
तराईमा शनिबारसम्म तातो हावाको सम्भावना

तराईमा शनिबारसम्म तातो हावाको सम्भावना


  • 2.3K
    SHARES
    • आषाढ १२, २०८३ शुक्रबार
    • ४ महिना अघि
    • 3.5K Views

    तराईमा शनिबारसम्म तातो हावाको सम्भावना

    काठमाडौँ, असार ११ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले तराई भूभागमा शनिबारसम्म तातो लहरको सम्भावना रहेको बताएको छ ।

    images

    महाशाखाले बिहीबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार शुक्रबार र शनिबार पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो लहरको सम्भावना रहेको बताएको हो । 

    हाल कोशी, मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग तथा गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव छ । 

    भोलि शुक्रबार र पर्सी शनिबार देशका हिमाली र पहाडी भूभागका साथै कोशी र मधेस प्रदेशमा साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्कसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।

    भोलि र पर्सी सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा लुम्बिनीको तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     


    तेस्रो आँखा