• ट्रेण्डिङ्ग :
भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


  • 1.9K
    SHARES
    • आषाढ १६, २०८३ मंगलबार
    • ४ महिना अघि
    • 2.9K Views

    भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ, असार १६ गते । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार र बुधबार  देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

    images

    महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।

    बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै गएकाले मनसुनी गतिविधि थप सक्रिय भएको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ। ती प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

    भारी वर्षाका कारण भूक्षय, बाढी र पहिरोको जोखिम बढ्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठुला तथा साना नदी, खोला र नालामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

     


    तेस्रो आँखा