• ट्रेण्डिङ्ग :
फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश


  • 2.5K
    SHARES
    • आषाढ १७, २०८३ बुधबार
    • २ महिना अघि
    • 3.9K Views

    फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश

    काठमाडौँ,  असार १७  गते ।  इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ । 

    images

    मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई २–० गोलअन्तरले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक÷एक गोल गरे ।

    खेलको २१औँ मिनेटमा जुलियनले गोल गर्दै मेक्सिकोलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३१औँ मिनेटमा राउलले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल मेक्सिको पक्षमा रह्यो । 

    मेक्सिकाले यसअघि भएको समूह चरणको खेलमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको थियो । यस हारसँगै इक्वेडर भने विश्वकपबाट बाहिरिएको छ । रासस

     


    तेस्रो आँखा