• ट्रेण्डिङ्ग :
हिमाली र पहाडी भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

हिमाली र पहाडी भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना


  • 2.1K
    SHARES
    • आषाढ १७, २०८३ बुधबार
    • ४ महिना अघि
    • 3.3K Views

    हिमाली र पहाडी भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौँ, असार १७ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन हिमाली तथा पहाडी भूभागमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

    images

    महाशाखाका अनुसार आज बुधबार राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

    भोलि बिहीबार देशभर साधारणतया बादल लाग्नेछ भने पर्सी शुक्रबार देशका हिमाली र पहाडी भूभागमा साधारणतया र तराई भूभागमा आंशिक बादल लाग्नेछ । भोलि र पर्सी हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।

    भोलि दिउँसो लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थान लगायत बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

    पर्सी हिमाली र पहाडी भूभाग तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

     


    तेस्रो आँखा