• ट्रेण्डिङ्ग :
फिफा विश्वकप-२०२६: अर्जेन्टिनाको रोमाञ्चक जित

फिफा विश्वकप-२०२६: अर्जेन्टिनाको रोमाञ्चक जित


  • 1.4K
    SHARES
    • आषाढ २४, २०८३ बुधबार
    • २ महिना अघि
    • 2.2K Views

    फिफा विश्वकप-२०२६: अर्जेन्टिनाको रोमाञ्चक जित

    काठमाडौँ, असार २४ । इजिप्टलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना ‘फिफा विश्वकप–२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    images

    अमेरिकाको एटलान्टा स्टेडियममा बुधबार  भएको खेलमा इजिप्टलाई ३–२ ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलम प्रवेश गरेको हो । खेलमा पहिलो अग्रता भने इजिप्टले लिएको थियो । खेलको  १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट इजिप्टले पहिलो अग्रता लिएको थियो ।

    खेलको ६७औँ मिनेटमा मुस्तफा जिकोले गोल थप्दै इजिप्टलाई २–० को बलियो अवस्थामा पुर्‍याउनुभयो । त्यसपछि अर्जेन्टिनाले शानदार पुनरागमन गर्‍यो  । क्रिस्टियन रोमेरोले खेलको ७९औँ मिनेटमा गोल गर्दै अन्तर घटाए भने लियोनेल मेस्सीले खेलको ८३औँ मिनेटमा बराबरी गोल गर्नुभयो ।

    त्यसपछि खेल दोस्रो हाफको अतिरिक्त समयमा पुगेपछि एन्जो फर्नान्डेजले ९०ं३ औँ मिनेटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को जित दिलाउनुभयो । रासस 

     


    तेस्रो आँखा